मन छुने लोक गीत ‘उडेको चरी’ सार्वजनिक

काठमाण्डौँ - लोक गायिका देवी घर्तीमगरको आवाजमा मन छुने गीत ‘उडेको चरी’ सार्वजनिक भएको छ ।

‘उडेको चरी’ नामक गीतमा गायिका देवी घर्तीलाई आवाजमा गीतकार डिआर सुजनले साथ दिएका छन् भने डिआरकै शब्द र संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा डिआर सुजनकै निर्देशन रहेको छ । रेशम दर्लामीको छायांकन रहेको भिडियो मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोमा डिआर सुजन, रोशनी कार्की, सूर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादीलगायतको अभिनय छ । सुदुरपश्चिममा रहेका बादी समुदायका घटना र पीडाहरुलाई भिडियोमा चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन रहेको गीतकार सुजनको भनाइ छ ।

अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ । उक्त गीतको भिडियो गीतकार, निर्देशक डिआर सुजनको युट्युब च्यानलमार्फत नै सार्वजनिक भएको छ ।