images

छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगरपालिकाले १८ औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दशैं ९चैत्राष्टमी व्रत० का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ ।नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिएका छन् ।तर शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू बन्द नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।नगरपालिकाले चैते दशैंको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना समेत व्यक्त गरेको छ ।

मङ्गलबार १० चैत २०८२ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया