images

आचार्यको सुर यात्रा, ‘संगीतकार सधैं छायामा छन्’

काठमाडौं ।दाङकागायकर संगीतकार गोविन्दमधुर आचार्यले सांगीतिकयात्रा २०५९ सालमाथालेका हुन् । 
संगीतक्षेत्रमालागेका उनले दोहोरीदेखि चलचित्रमाआधुनिकगीतसम्मधेरै थरी गाएका छन् । सांगीतिक क्षेत्रमालागेको लामो समयसम्मउनले चर्चा भने पाउन सकेकाथिएनन् । 
तर, जब ‘म मरेको छैन’ रिलिजभयो, त्यसपछि भने उनलाई गायनदेखि संगीतसम्मअफर बढ्यो । उनले संगीतकारका रुपमाअपेक्षितचर्चा कमाउननसकेपछि उनले गायनको क्षेत्रमाकदम राखेका हुन् । उनले आफ्नै लगानीमाउक्तगीतनिकालेकाहुन् । 
उनले यो गीतआफ्नै युट्युबच्यानलमार्फत रिलिज गरेका थिए तर चर्चा कमाउन सकेका थिएनन् । तर टिकटकबाट जब यो गीतले चर्चा कमायो त्यसपछि मात्रै गोविन्दचर्चामा आएकाहुन् ।अहिले उनले स्थापितगायकको परिचयबनाएका छन् ।
‘मैले संगीतकारको रुपमा धेरै कामगर्दा पनिचर्चामा नआएपछि गायनको क्षेत्रमाकदम राखेको थिएँ,’उनी भन्छन्,‘आफ्नै लगानीमालगातार ५ वटा गीतपनिनिकालेँ । आफ्नै लगानीको छैटौ गीत‘म मरेको छैन’चाहिँराम्रो चल्यो, त्यसकारण गायन क्षेत्रमाएकदम राम्रो भएको जस्तो महसुस भएको छ ।’
‘कान्छीको रुमाल खस्यो पानीमा’लोकपपबाट गायनयात्रा सुरु गरेका गोविन्दको स्वरमा १२५भन्दाबढी गीत रेकर्ड भइसकेका छन् । गोविन्दको स्वर, शब्द र संगीतकागीतको सूची ६ सयभन्दा बढी पुगेको छ ।
सानै उमेरदेखि संगीतमालगावभएकाउनको परिवारमा पनि सबै यस क्षेत्रमालागेकाले प्रेरणा मिलेको हो । 
उनले भने, ‘म सानैदेखि नै संगीतमा धेरै नै रुचिथियो र यसमा मेरो परिवारको पनि धेरै साथ र सहयोग छ । मेरो परिवारमा प्राय सबै जनागाउने नै हुनुहुन्थ्यो । मेरो लगावपनि धेरै त्यतै तिर भयो, पेसागत रुपमागीतलाई मैले नै औपचारिक रुपमा अगाडि बढाउने अवसर पाए ।’
उनलाई लाग्छ नेपालमासंगीतकारहरु छायामा मात्रै होइन, अन्धकारमा नै छन् ।उनले भने, ‘मैले हिजोको दिनमा संगीतकारको रुपमा धेरै कामहरु गरँे, मैले हरेक प्रकारको गीत गरेको छु । नेपालमाके भइरहेको छ भने गीतहरु सुनेका हुन्छौ तर त्यसको संगीतकार को हो भनेर चिनेको हुँदैन। संगीतकारहरु छायामा मात्रै होइन, अन्धकारमा नै छन् । त्यसकारण मैले संगीतकारको रुपमा धेरै गीतहरु सिर्जना गरे पनि मैले चिनिने मौका ढिला पाएँ ।’
 

आइतबार​ ११ चैत २०८० १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया