images

गण्डकी कोटिहोमको प्रचार शैली ः साइकल र्याली गरियो, डुङ्गा र्याली पनि गरिने

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप साइकल र्यालीको आयोजना गरिएको छ । गण्डकी कोटिहोमको प्रचार स्वरुप साइकल र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका– १७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो ।
बिरौटा कोटीहोम स्थलबाट शुरु भएको र्याली ड्यामसाईड–लेकसाइड हुँदै हल्लनचोक–जिरो किलोमिटर–मालेपाटन–बाग्लुङ्ग बसपार्क, बिन्दवासिनी मन्दिर–भैरवटोल–नालामुख, महेन्दपुल–चिप्ले ढुङ्गा, न्यूरोड–सभा गृहचोक साथै पृथ्वीचोक–नागढुङ्गा–पुरानो एयरपोर्टलगायतका स्थानहरुको परिक्रममा गरि कोटिहोम स्थलसम्म पुगेको थियो । स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन  र्याली गरिएको महायज्ञका संकल्पकर्ता विजय कृष्णमुर्ति महाराजले बताए ।
फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ ।गण्डकी कोटिहोमको प्रचार शैली ः साइकल र्याली गरियो, डुङ्गा र्याली पनि गरिनेपोखरा । ऐतिहासिक श्रीगण्डकी शत ९सय० कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप साइकल र्यालीको आयोजना गरिएको छ । गण्डकी कोटिहोमको प्रचार स्वरुप साइकल र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका– १७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो ।बिरौटा कोटीहोम स्थलबाट शुरु भएको र्याली ड्यामसाईड–लेकसाइड हुँदै हल्लनचोक–जिरो किलोमिटर–मालेपाटन–बाग्लुङ्ग बसपार्क, बिन्दवासिनी मन्दिर–भैरवटोल–नालामुख, महेन्दपुल–चिप्ले ढुङ्गा, न्यूरोड–सभा गृहचोक साथै पृथ्वीचोक–नागढुङ्गा–पुरानो एयरपोर्टलगायतका स्थानहरुको परिक्रममा गरि कोटिहोम स्थलसम्म पुगेको थियो । स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन  र्याली गरिएको महायज्ञका संकल्पकर्ता विजय कृष्णमुर्ति महाराजले बताए ।फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ ।
 

 

 

बिहीबार ११ बैशाख २०८२ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया