images

उपचुनाव ः बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने 

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन।वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । 
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैलेपनि उम्मेदवार वा राजनीतिक दलका बारेमाप्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ । 
रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १(१) मा ११ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

बुधबार १२ बैशाख २०८१ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया