images

गोरखा भूकम्प ः सुलीकोट गाउँपालिकामा आजसार्वजनिक बिदा

काठमाडौं । २०७२ वैशाख १२गते गएको विनासकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकालेसार्वजनिक बिदा दिएको छ।
मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आजबिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । 
नौं वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्रबारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमाज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो । 
गाउँपालिकाले आजपौन्य बाह्र बजे वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमाश्रद्धाञ्जली सभा राखेको जानकारी भट्टले दिए । 
०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकदोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जन धनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित भयो ।
बारपाकका सहितआठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्यांक छ । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्यायो ।
 

बुधबार १२ बैशाख २०८१ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया