काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ ।घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ ।इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो । तर अब लिभरपुलले आइतबार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ ।प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन । यद्दपी टोलीले जुझारु प्रदर्शन गर्यो । आर्सनलले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिएपनि एबेरेचि एजेले २७ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।त्यसपछि ४२ औं मिनेटमा लेयाण्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता बनायो ।८३ औं मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन–फिलिप माटेटाले बराबरी गोल गरे। आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल पाए त्यसमा गन मौका चुकाएनन् ।यो बराबरीपछि ६७ अंकमा रहेको आर्सनल लिभरपुल १२ अंक पछाडि छ । प्यालेस भने १२औँ स्थानमा छ ।
प्रतिक्रिया