images

सरकार दमनकारी शैलीमा चलिरहेको छ ः सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा। तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् ।उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ ।’भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनादेखि भिजिट भिसा प्रकरणलाई लिएर हामी आन्दोलनमा छौं,’उनले भनिन्,‘तर छानबिनको नाममा बनेको समिति बाँदरको पुच्छर जस्तै भएको छ — न लौरो, न हतियार । त्यसैले हामी संसदको कारवाहीमा सहभागी भएका छैनौं ।’सांसद कार्कीले संसदमा प्रमुख दलहरुले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन् । ‘हामी बहिष्कारमा छौं तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दैछ,’ उनले थप भनिन् ।


 

बिहीबार ९ साउन २०८२ ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया