images

तिहारमा काठमाडौंमा प्लास्टिकको मालामाप्रतिबन्ध

काठमाडौं। काठमाडौंमहानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथामालाबिक्रीवितरण र प्रयोगमाप्रतिबन्धलगाएको छ । महानगरले बिहीबारएक सूचनाप्रकाशितगर्दै आफ्नो वार्षिक नीतितथाकार्यक्रममा नै एकलप्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, मालाबिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दापातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमानिषेध गरिएको स्मरण गराएको हो । प्लास्टिकको झोलाको विकल्पमाकागजवा कपडाको झोलाप्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेतातथा सर्वसाधारणको अनुरोध गरिएको छ । महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममाउक्तनिषेध गरिएकाकार्य भए गरेको पाइएमा काठमाडौं महानगरपालिकावातावरण तथाप्राकृतिक स्रोत संरक्षण ऐन, २०७७बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ 

बिहीबार ८ कात्तिक २०८१ ०७:४२ AM मा प्रकाशित

प्रतिक्रिया