सुवास नेम्वाङले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ - नेकपा एमाले का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । उनले शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पूर्वसहमति अनुसार राष्ट्रपति एमालेलाई दिन सत्ता गठबन्धन असहमत भएर पुरानै गठबन्धन ब्युँतिएपछि एमालेले राष्ट्रपतिमा  उम्मेदवारी दिने निर्णय गरेको हो ।