images

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्धारा टोली गठन

काठमाडौं । मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ । गृह मन्त्रालयले रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो । पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलबाट पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका  पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । 
मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो । लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । पत्रमा पीडितका तर्फबाट पाँच सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।
 

आइतबार​ १३ फागुन २०८० ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया