images

गण्डकी कोटिहोमको प्रचार स्वरुप ट्याक्सी र्याली

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप ट्याक्सी र्यालीको आयोजना गरिएको छ । 
गण्डकी कोटिहोमको प्रचार स्वरुप ट्याक्सी र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो ।
बिरौटा कोटीहोम स्थलबाट शुरु भएको र्याली पोखराका विभिन्न स्थानहरुको परिक्रममा गरि कोटिहोम स्थलसम्म पुगेको थियो । फाउण्डेशनले यही बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ ।
 

शुक्रबार​ १२ बैशाख २०८२ ०५:३४ PM मा प्रकाशित

प्रतिक्रिया