images

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख  ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार  छापावाल सुन तोलामा १ लाख ९० हजारले  रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

आइतबार​ १२ जेठ २०८२ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया