images

नेपाल तामाङ समाज जापानको १० औं महाधिबेशन सम्पन्न, गिर बहादुर घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टोकियो । जापानस्थित नेपाली तामाङ समुदायको साझा संस्था नेपाल तामाङ समाज जापान को १० औँ महाधिवेशन टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी २०२६–२०२८ कार्यकालका लागि गिर बहादुर तामाङ (घिसिङ)को अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।महाधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट सहभागी तामाङ समुदायका प्रतिनिधिहरू, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले जापानमा रहेका नेपाली तामाङ समुदायबीच एकता, भाषा, कला, संस्कृति तथा पहिचान संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए।

नवनिर्वाचित अध्यक्ष गिर बहादुर तामाङले समाजलाई अझ सक्रिय, संगठित र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै जापानमा रहेका सम्पूर्ण नेपाली तामाङ समुदायलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तेज बहादुर थिङ चयन भएका छन् भने उपाध्यक्षहरूमा ललिता तामाङ, अष्ट माया तामाङ, सुस्मा लामा वाइबा, कर्म दोङ तामाङ तथा नानी माया तामाङ रहेका छन्।

त्यसैगरी महासचिवको जिम्मेवारी देवेन्द्र तामाङले पाएका छन्। सचिवहरूमा मनिता मोक्तान, प्रकाश तामाङ ग्लान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा तथा विशाल जिम्बा चयन भएका छन्।  कोषाध्यक्षमा लक्ष्मी वाइबा मोक्तान चयन हुँदा सह(कोषाध्यक्षमा निरू तामाङ र रोनिश तामाङ चयन भएका छन्। सदस्यहरूमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रशान तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, सुरज तामाङ तथा अर्जुन तामाङ चयन भएका छन्। महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिले सम्पूर्ण सहभागी, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

सोमबार ११ जेठ २०८३ ०६:१७ PM मा प्रकाशित

प्रतिक्रिया