काठमाडौँ - करिब एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएको छ ।
उनलाई हटाएर मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।गत पुस १० गते विद्युतीय चुरोट ९भेप० मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरू भएपछि पोखरेल बिदामा बसेका थिए ।