काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।