images

बंगालको खाडीमा विकसितचक्रवातको आंशिकप्रभावः कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । देशभर पश्चिमीवायुका साथै स्थानीयवायुको पनिआंशिकप्रभाव छ । साथै कोसी प्रदेशमाबंगालको खाडीमा विकसितचक्रवात’दाना’ को आंशिकप्रभाव समेत रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी र लुम्बिनीप्रदेशकापूर्वी भू–भागमाआंशिकदेखि साधारणतया बदली रही देशकाबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । विभागकाअनुसार आजदिउँसो कोसी र लुम्बिनीप्रदेशलगायत देशका पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र लुम्बिनीप्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना छ । राति, कोसीप्रदेशलगायत देशका पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसीप्रदेशलगायत कर्णाली र सुदूरपश्चिमप्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

शुक्रबार​ ९ कात्तिक २०८१ ०७:४३ AM मा प्रकाशित

प्रतिक्रिया