images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४९पैसा र बिक्री दर १४५ रुपैयाँ १४पैसा रहेको छ ।त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६३ पैसा रहेको छ । 
बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

शुक्रबार​ १२ माघ २०८० ०७:३३ AM मा प्रकाशित

प्रतिक्रिया