images

सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष ९आव० २०८२÷८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँको अलैंची निर्यात भएको छ । विभागका अनुसार यस अबधिमा उक्त रकम बराबरको ४ हजार १५३ मेट्रिक टन अलैंची निर्यात भएको हो ।यो निर्यात गत आवको सोहि अवधिको तुलनामा बढी हो । गत आवको सोहि अवधिमा नेपालबाट ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची निर्यात भएको थियो । नेपालले दुबई, अस्ट्रेलीया, फ्रान्स, भारत, स्विटजरल्यान्ड र अमेरीका लगायत मुलुकमा अलैंची निर्यात गर्दै आएको छ ।नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंची खेती हुँदै आएको छ । खोल्साको सुन भनेर चिनिने अलैंची, निर्यातजन्य बहुमूल्य मसला बाली हो ।

बिहीबार १४ फागुन २०८२ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया