राष्ट्रिय सभा बैठक बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ? 

काठमाडौँ - संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो एक बजेर एक मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा ९पार्वती० ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र७६, २०७६र७७ र २०७७र७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९’ सभासमक्ष पेस गर्नुहुनेछ ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।