काठमाडौँ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले आइतबार शोक विदा दिने भएको छ । आज प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी दिएको हो ।
वि। सं। २००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा संग्लन स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र गरिएको थियो ।
पञ्चायतविरुद्धका कार्यक्रम सञ्चालन गर्ने क्रममा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च ९वि। सं। २०४३० तीर्थराम डंगोलको संवत् २०८२ वैशाख १२ गते शुक्रबार ९ने। सं। ११४५ चौलागा द्वादशि०का दिन असामयिक निधन भएको खवरले काठमाडौँ महानगरपालिका परिवार स्तव्ध भएको छ । यो कठिन घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया