ओसाका, जापान । दोलखा समाज जापान द्वारा संचालित संयुक्त जिवन रक्षा अभियान अन्तर्गत जम्मा भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । जापानमा बसोबास गर्ने दोलखालीहरुबाट संकलन गरिएको करिब २ लाख पन्ध्र हजार जापानिज यन सहयोग रकम हस्तान्तरण गरिएको हो ।
दुबै मृगौला फेल भई विर अस्पतालमा उपचारत रहनु भएका दोलखा जिल्ला विगु गाँउपालिका वडा नं ४ साविक लादुक चित्रे बस्ने हरी खत्रीको लागि नेपाली रूपैया ६३हजार ३५०, काठमाण्डौ मेडीकल कलेज सिनामंगलमा उपचार गरिरहेका मृगौलाको क्यान्सर रोगबाट पिडीत वैतेश्वर गाँउपालिका ५ नं वडा बस्ने सौरभ बस्नेतको लागि नेपाली रूपैया ६३हजार३५० तथा स्तन क्यान्सर जस्तो घातक रोग लागी भक्तपुर अस्पतालमा उपचार गरिरहनु भएको बिरामी वैतेश्वर गाँउपालिका ३ नं वडा बस्ने सरिता अधिकारीको लागि नेपाली रूपैया ६३ हजार ३५० का दरले समाजका अध्यक्ष संजिव पोखरलले विरामीका आफन्तहरुलाई भेटी उक्त सहयोग रकम हस्तान्तरण गर्नू भएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष पोखरेलले भन्नु भयो समाजले विभिन्न सामाजिक तथा सहयोगका कार्य गर्दै आएको र समाजका गरिव दुखी तथा असाहयहको लागि निरन्तर सहयोग गरिने र यस कार्यमा साथ दिने सबैलाई धन्यवाद पनि दिनु भयो ।
प्रतिक्रिया