ओसाका, जापान । दोलखा समाज जापान केन्द्रिय समितिले समर पिकनिक (बार्बिक्यू) कार्यक्रम गत आईतबार टोकियोमा सम्पन्न गरेको छ । जुनको २२ तारिख टोकियोको कासाई रिन्काई पार्कमा जापानमा रहेका दोलखाबासी तथा अन्य नेपालीहरुको सहभागितामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष संजिव पोखरेलले जानकारी दिनु भयो।
दोलखालीहरु बीचमा भाईचाराको सम्बन्ध कायम राख्दै एक अर्कालाई जानकारी रहेको विषयमा सकेको सहयोग पुर्याउन तथा पारिवारिक बातावरणमा सबैको साथ र सहयोग सदैब रहने अटुट रहने बिश्वास बाबिक्यू कार्यक्रमको उद्देश्य रहेको पोखरेलले जानकारी दिनु भयो ।
समाजको सांस्कृतिक कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउनको लागि समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक नवराज थापाले एक लाख यॆन बराबकरको स्पिकर सेट खरिद गरी समाजलाई प्रदान गर्नू भएको थियो ।
बार्बिक्युको लागि खर्च भएको रकम बराबरको सहयोग समाजका अध्यक्ष सन्जिब पोखरेल सहयोग गर्नू भएको र सोही रकम दोलखा समाज जापानले स्थापना गर्न लागेको आपतकालीन अक्षयकोषको लागि पाँच लाख येन रकम सहयोग गर्नू भएको थियो ।
कोषको संचालन र कार्यविधी संस्थाका संस्थापक, अग्रज व्यक्तित्वहरु संग बृहत छलफल गरी संचालनमा ल्याउने समेत जानकारी दिनु भयो । सोही अवसरमा समाजका सचिव तिलक खतिवडाले अक्षयकोष स्थापनाका लागि पचास हजार येन सहयोग समेत गर्नु भएको थियो । बार्बिक्यूमा विविध मनोरञ्जनात्मक कार्यक्रले थप उत्साह र रमाईलो भएको र हरेक वर्ष समाजले यस्ता कार्यक्रम आयोजना गरिरहने महासचिव अनुप खड्काले जानकारी दिनु भयो ।
प्रतिक्रिया