images

गुरुङ समाज जापान कान्साई क्षेत्रीय समितिले बार्बेक्यु तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

ओसाका/जापान। गुरुङ समाज जापानको कान्साई क्षेत्रीय समितिले आगामी जुलाई १३ तारिखका दिन पारिवारिक भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका सचिव युना गुरुङका अनुसार प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, सामाजिक सद्भाव र एकता मजबुत बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

सचिव गुरुङले जानकारी दिँदै भने- “कान्साई क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण नेपाली समुदायबीच आत्मीयता र मित्रवत् सम्बन्ध बढाउने हेतुले खुला बार्बेक्यु कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो।”

उक्त कार्यक्रम ओसाका सहरको 大阪府大阪市淀川区西中島2丁目1 (西中島地区 バーベキュー広場) मा हुनेछ। आयोजक समितिले कान्साईमा सक्रिय सबै नेपाली संघसंस्था, समूह र व्यक्तित्वहरूलाई कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेको छ।

सचिव गुरुङका अनुसार सबै संघसंस्थाहरुमा निमनत्रणा गरिएको छ। यदि कुनै संघसंस्था वा व्यक्तिलाई औपचारिक निमन्त्रणापत्र प्राप्त नभएको भए पनि यसै समाचारलाई आधिकारिक निम्तो मानेर गरिमामय उपस्थिति जनाईदिनहुन अनुरोध गर्दछौँ ।

कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछ। आयोजक समितिले सहभागी सबै नेपालीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

बिहीबार १२ असार २०८२ ०१:५६ PM मा प्रकाशित

प्रतिक्रिया