images

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो ३० रुपैयाँ, आलु रातो ९मुडे० प्रतिकिलो ३८ रुपैयाँ, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३८ रुपैयाँ, गाजर ९लोकल० प्रतिकिलो ८५ रुपैयाँ, गाजर ९तराई ० ८० रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली तराई प्रतिकिलो ६० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला ९हाइब्रीड० प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो ३० रुपैयाँ र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ । यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ५० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो १० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर ९तराई० प्रतिकिलो  ३० रुपैयाँ, चिचिण्डो प्रतिकिलो २५ रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ, झिगुनी प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो ९डल्लो० प्रतिकिलो ३० रुपैयाँ, भिण्डी प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १३० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो १३० रुपैयाँ, च्याउ ९डल्ले० प्रतिकिलो ३३० रुपैयाँ, कुरिलो प्रतिकिलो  २०० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा ९० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।समितिले स्याउ ९झोले० प्रतिकिलो २२० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो  ३०० रुपैयाँ, केरा ९दर्जन० १२५ रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप ९मालदह० प्रतिकिलो १३० रुपैयाँ, आँप ९दशहरी० प्रतिकिलो १३० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो  २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १६० रुपैयाँ, काँक्रो ९लोकल० प्रतिकिलो ४० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, नासपाती ९लोकल० प्रतिकिलो ३० रुपैयाँ, मेवा ९भारतीय० प्रतिकिलो १०० रुपैयाँ  निर्धारण गरिएको छ ।
 

शनिबार ११ साउन २०८२ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया