images

अण्डाको मूल्य बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०,  मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ ।  यसअघि  ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो ।   एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी ९सात क्रेट० रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ ।  नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।
 

आइतबार​ १४ बैशाख २०८२ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया