images

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची 

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । आइतबार संसद भवनमा सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको छ । अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको छ । राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संसोधन० विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
 

आइतबार​ १४ बैशाख २०८२ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया