images

सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा ९भद्रकाली काठमाडौं०ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख गरिएको छ । 
राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले सभामुखलाई जानकारी दिएको छ । सांसद राई शनिबार बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् ।
 

आइतबार​ १४ बैशाख २०८२ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया