images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे बस्ने बैठकमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ।व २०८१÷०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, आजको बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।  आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछिन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडीले ‘बालबालिका सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति मागी विधेयक प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ । 
 

मङ्गलबार १४ जेठ २०८२ ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया