काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रति तोला १ लाख १० हजार ४ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।