काठमाडौँ - काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्रै सार्वजनिक सवारीसाधनको भाडा घटेको छ ।
आजदेखि लागू हुने गरी बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्यसँगै प्रदेश सरकारले भाडा समायोजन गरेको हो ।
प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ भने प्रदेश भित्र चल्ने लामो–छोटो दूरी मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यस्तै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।