काठमाडौँ - नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
बिहीबारको राष्ट्रियसभा बैठकको सुरूमै बोल्दै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले एक क्विन्टल बढि सुन तस्करी प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।
उनले प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग पनि गरेका छन् ।