images

कोशी पर्यटन वर्ष’ मनाउने घोषणा, १० करोड बजेट विनियोजन

विराटनगर । ‘रमणीय कोशी’नारासहित कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ ।विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् ।पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको छ ।मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए ।सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै बजेटमार्फत सरकारले पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा पर्छन् । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् । 

शुक्रबार​ ११ असोज २०८१ ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया