images

पर्यटन दिवसमा सम्मान, पर्यटकलाई बुद्धको मुर्ति

काठमाडौं । पर्यटन र शान्तिभन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमापनिविभिन्नकार्यक्रम गरि मनाइएको छ ।दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदानपुर्याउने विभिन्नव्यक्तितथा संस्थाहरुलाई सरकारले एक समारोहबीच सम्मान गरेको छ ।जमलस्थित राष्ट्रिय नाचघरमा एक समारोहको आयोजना गरी कार्यबाहकप्रधानमन्त्रीएवं शहरी विकास मन्त्रीप्रकाशमान सिंह, संस्कृति पर्यटन तथानागरिक उड्डयनमन्त्रीबद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरीलगायतले पर्यटन क्षेत्रमा योगदानपुर्याउनेहरुलाई सम्मान गरेका हुन् ।दिवसकै अवसर पारेर दिवसकै दिन नेपाल घुम्न आएकापहिलो पर्यटकहरुलाई सम्मान गरिएको छ । जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपालआउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशकहिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादातथा बुद्ध मुर्तीले स्वागत गरेका थिए ।विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिजएशोसिएसनअफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काटट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाएई पर्यटन गाउँ घोषणा गरेको थियो ।

शुक्रबार​ ११ असोज २०८१ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया