images

सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस 

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाठनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो ।उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए ।
 

शुक्रबार​ ११ असोज २०८१ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया