images

राजावादीद्वारा हेटौंडामा विशाल र्यालीसहित जनप्रर्दशनी

हेटौंडा । राजावादीहरुले  हेटौंडामा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन् ।  राजावादी मोर्चाद्वारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो । करिव १ हजार ५ सय बढी मोटरसाइकलमा १ सय बढी कारको समेत रयालीमा सहभागिता थियो । हेटौंडाको सानोपोखरावाट दिउँसो  ४ बजे सुरु भएको मोटरसाईकल रयाली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक,कमाने,नागस्वती चोक,गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संबिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले  हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
 

बुधबार १५ जेठ २०८२ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया