काठमाडौँ - भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन्। जुन छलफल २ बजेवाट सुरु हुनेछ ।