काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्री दर १३७ रुपियाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २० पैसा र बिक्रीदर ८९ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९७ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ३९ पैसा र बिक्रीदर १८८ रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ९० पैसा र बिक्रीदर १७१ रुपियाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४० पैसा र बिक्रीदर १४ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४३ पैसा र बिक्रीदर २१ रुपियाँ ५३ पैसा कायम गरिएको छ । साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा रहेको छ । त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २७ पैसा र बिक्रीदर ३२ रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ । त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ २२ पैसा र बिक्रीदर ४४८ रुपियाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ४५ पैसा र विक्रीदर ३५६ रुपियाँ ०१ पैसा रहेको छ ।
प्रतिक्रिया