images

दृष्टिविहिन बालबालिकालाई सिटिजनको सहयोग

मुगु । सिटिजन बैंक गमगढी शाखाले दृष्टिविहिन बालबालिकाहरुलाई लत्ताकपडा लगायत अन्य सामान सहयोग गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगर पालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तरगत अध्ययनरत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत लत्ताकपडा सहयोग गरेको हो । उनीहरुलाई सुत्नको लागि प्रयोग गरिने ओड्ने, ओछ्याउने, खानेपानीको लागि फिल्टर लगायत अन्य सामाग्री उपलब्ध गराएको सिटिजन बैंक मुगु गमगढी शाखाका प्रबन्धक कलम सेजुवाले जानकारी दिएका छन् ।  सोही विद्यालयका प्रधानध्यापक दिलिप कुमार शाहिले ओढ्ने ओछ्याउने लत्ता कपडा पाएपछि विद्यार्थीहरु खुसि भएको भन्दै बैकप्रति आभार सहित धन्यवाद व्यक्त गरेका छन् ।  साथै प्रत्येक वर्ष बैंकले प्रदान गर्ने संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमको रकमलाई यो आर्थिक वर्षमा शैक्षिक संस्थालाई प्रदान गरिएको प्रबन्धक सेजुलालले  बताए । त्यस्तैगरी, जिल्लाकै छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा अध्यनरहत फरक क्षमता भएका बालबालिकालाई २५ हजार बराबरको खाजा र मीन माध्यमिक विद्यालय भारेकोटलाई २५ हजार बराबरको खेलकुद सामाग्री वितरण गरेको सिटिजन बैंक गमगढी शाखाले जनाएको छ ।
 

शनिबार १४ असार २०८२ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया