एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

काठमाडौँ - चीनको हाङ्झोउमा आयोजना १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुदमा प्रतिनिधित्व गराउन १५ सदस्यीय टोलीको नाम राष्ट्रिय खेलकुद परिषद् राखेपमा पठाएको हो । 

नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित राजवंशी, विवेककुमार यादव, प्रतिश जीसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् । 

तीनजना खेलाडीले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादवले लामो समयपछि टोलीमा स्थान पाएका हुन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीलाई भने टोलीमा समावेश गरिएको छैन ।