काठमाडौं । अविरल वर्षाको प्रभावबागमतीप्रदेशमा बढी परेको छ। गृह मन्त्रालयकाअनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमाबागमतीप्रदेश बढी प्रभावितभएको हो । खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायतखोलामाजलसतह बढेपछि करिडोरका सडक प्रायःबन्दभएका छन् । सबै खोलामाकरिडोर सडकमा पानीउक्लिनथालेको छ। माइतिघर मण्डलाको बाटो र न्युप्लाजा अगाडिको बाटोसमेत अवरोध भएको छ। यसैगरी काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सुकुम्बासी एरियामाअविरल बर्षाका कारण बागमतीनदीमापानीको बहाब निरन्तर बढि रहेको छ। पानीको बहाबले सुकुमबासी एरियामा रहेका १४१ घरधुरी डुबाएको छ। थापाथली देखि रोज बट स्कूलसम्मपूर्वरूपमा बाटो अवरोध भएको छ। प्रहरीले ४ वटा बच्चार १जना वृद्धसहित ५ जनालाई उद्धार गरी गरेको छ। यसैगरी कलंकी, कपन क्षेत्रपनि डुबानमा परेको छ। काठमाडौंको नागार्जुन नगरपालिका– ८ नर्सरी धारानजिक सडकखण्ड, तार्केरश्वर नगरपालिकाकार्यालय अगाडि धर्मस्थलीबाट तारकेश्वर नगरपालिका–३ तिनपिप्ले जाने बाटोमाथिबाट पहिरो गई बाटो अवरुद्ध भएको छ। यसैगरी बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन्। जलतथा मौसम विज्ञान विभागले भोलिसम्मअविरल वर्षा हुने पूर्वानुमान गरेको छ । आजदेशभर बर्षा भइरहेको छ। अन्यप्रदेशमापनि राजमार्ग अवरुद्ध तथाखोला र नदीकिनारका खेतीयोग्यजमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्यभागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा सामान्यपानी परेको छ। मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमाअत्यावश्यकअवस्थाबाहेक घर बाहिर र नदीकिनारमा नजान अनुरोध गरेको छ। मुलुककाअहिले विभिन्ननदीले जलसतहकाहिसाबले २२ वटा नदीले खतराको सीमापार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।
प्रतिक्रिया