images

लामो यात्रागर्दै हुनुहुन्छ ?यी सडक पहिरोले थुनिएका छन्

काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशकाविभिन्नभूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ । वर्षाका कारण आएको बाढी र पहिरोलेविभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् । लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् । यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अन्य धेरै सडकखण्डहरु एकतर्फी रुपमा सञ्चालनभइरहेका छन् । अविरल वर्षाका कारण लामो दुरिको यात्रानगर्न मौसम पूर्वानुमानमहाशाखाले अनुरोध गरेको छ । 
 

शनिबार १२ असोज २०८१ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया