ओसाका, जापान ।
बेनतेन्च्यो फुटबल क्लब बिएफसीद्वारा आयोजित पाँचौं बिएफसी लालिगुराँस फुटसल कप २०२५ को उपाधी बेनि एफसीले हात पारेको छ । ओसाकामा शनिबार सम्पन्न भएको उक्त प्रतियोगिता “खेल स्वास्थ्यका लागि, शान्ति राष्ट्रका लागि” भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रतियोगितामा जापानका विभिन्न सहरबाट २४ टिमले सहभागिता जनाएको क्लब संयोजक अर्जून श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको फाइनल खेलमा बेनि एफसी ९ए० ले एफसी ओसाका ब्रदर्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो। खेलको सुरुदेखि अन्त्यसम्म दुवै टिमबीच कडा प्रतिस्पर्धा भए पनि निर्णायक क्षणमा गोल गर्न सफल भएको बेनि एफसी ९ए० विजयी बन्न पुगेको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीलाई नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो। विजेता टिम बेनि एफसी ४ लाख येन नगद, ट्रफी र मेडल, उपविजेता टिम एफसी ओसाका ब्रदर्स २ लाख येन नगद, ट्रफी र मेडल हात पारेको क्लबका सदस्य सागर देवानले बताउनु भयो । समापन समारोहमा विभिन्न संघसंस्था, प्रायोजक तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो। विशेष अतिथिहरूको हातबाट विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
बेनतेन्च्यो फुटबल क्लबका प्रतिनिधिहरूले प्रतियोगिता सफल बनाउन योगदान दिने सबै टिम, खेलाडी, प्रायोजक र दर्शकलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनका अनुसार, खेलकुदले विदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र स्वस्थ जीवनशैलीलाई मजबुत बनाउन सहयोग पुर्याउनेछ। क्लबले आगामी वर्षहरूमा पनि लालिगुराँस फुटसल कपलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। जापानमा बसोबास गर्ने नेपालीहरूको संख्यामा दिनानुदिन वृद्धि भइरहेको र यस किसिमका प्रतियोगिताले युवापुस्तालाई खेलतर्फ आकर्षित गर्नुका साथै समुदायबीचको एकतालाई थप मजबुत बनाएको छ।
प्रतिक्रिया