images

उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायतप्राकृतिकविपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागिमुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालनभएको छ । विपद्बाट हुने क्षतिन्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्यउपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालनभएको छ । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपालप्रहरीबाट दशहजार ४१ जना र सशस्त्रप्रहरी बल नेपालबाट दशहजार ५४० जनाप्रहरी परिचालनभएका छन् । जसमध्ये काठमाण्डौ उपत्यकामामात्रै नेपालप्रहरीको चार हजार सात सय ६० र सशस्त्रप्रहरी बलबाट तीनहजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाकाविभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालनभएको छ  भने राष्ट्रिय अनुसन्धानविभाग सुचना संकलनमा सक्रिय छ । गृह मन्त्रालयकाप्रवक्ताऋषिरामतिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिएका छन् । यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहततथा घाइतेको स्वास्थ्यउपचारमा सरकार सक्रियभएरलागि परेको बताएथिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धीतनिकायलाई निर्देशन समेत दिएकाथिए ।
 

शनिबार १२ असोज २०८१ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया