images

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ ः निर्देशक कुँवर

काठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पु¥याएको बताएका छन् । सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए । उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ । क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् ।’ यस्तै, उनले क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताए । उनले भने, ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौ । हामी नेपाली समाजदेखि टाढा छैनौ । हामी पनि यहीँ समाजका नागरिक हौँ । हामीप्रति कोही पनि नकरात्मक नभइदिनु होला । हामीले विःशुद्ध व्यवसाय गरेका हौँ । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पुरा गरेका छौ ।’रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे ।निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन  रहेको उनको बुझाइ छ । उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । उनले भने, ‘नियत खराब भए त कसको के लाग्छ ररु आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’  उनले अगाडि थपे,’  यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ । उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए  । क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे ।

मङ्गलबार १६ बैशाख २०८२ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया