images

भिजिट भिसा प्रकरणमा दोषीलाई नछाड्ने पार्टीको स्पष्ट धारणा ः गगन थापा 

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् । कांग्रेस धरान उपमहानगरपालिकाको आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले राज्यका जिम्मेवार निकायबाटै नागरिक पीडित हुनु गम्भीर विषय भएको बताए । उनले कांग्रेसको स्पष्ट धारणा ‘दोषी जो भए पनि कारबाही, निर्दोषलाई सुरक्षा’ रहेको बताए । महामन्त्री थापाले भने, ‘दण्ड पाउँदै गर्दा यो, त्यो, तेरो, मेरो, दायाँ, बायाँ हुनुहुन्न । निर्दोष कोही पर्नुहुन्न, दोषी कोही फस्नुहुन्न । कांग्रेसको हिजो, आज र भोलिको धारणा यही हो ।’ गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान भइरहेकाले निष्कर्ष ननिस्कँदासम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए । थापाले पार्टीले कानुनी प्रक्रियामा हस्तक्षेप नगर्ने र दोषीलाई उन्मुक्ति नदिने दृढता व्यक्त गरे । राज्यको जिम्मेवारीमा रहेको अधिकारीहरूबाट अख्तियारको दुरुपयोग गरेर भिजिट भिसाको नाममा जुन खालको सार्वजनिक भएको छ, यो सुन्दै गर्दा हामी स्तब्ध भएका छौँ,’ उनले भने ।
 

बिहीबार १६ जेठ २०८२ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया