images

पीएएन मधेश प्रदेश अधिवेशन जनकपुरधाममा हुने

जनकपुर । प्रधानाध्यापक संघ नेपाल –पीएएन)मधेश प्रदेश समितिको अधिवेशन जनकपुरधाममा हुने भएको छ । पीएएन मधेश प्रदेश समितिका अध्यक्षसमेत रहेका यज्ञबल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप)का प्रधानाध्यापक सञ्जय झाले यही जेठ १७ गते प्रदेश अधिवेशन हुने जानकारी दिए ।  सो अधिवेशनमा हरेक जिल्लाबाट २५ जना प्रतिनिधि गरी २५० जना सहभागी रहने उनले जानकारी दिए । अधिवेशनमा सामुदायिक विद्यालयसंग सम्वद्ध रहेका व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए । विद्यालयका कार्यालय सहयोगीदेखि विद्यालयका कर्मचारी, विभिन्न तहका शिक्षक, प्रधानाध्यापकहरुलाई सम्मानित गरिने उनले जानकारी दिए । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । अधिवेशनमा मुख्यमन्त्री सतीशकुमार सिंह, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीलगायतको उपस्थिती रह्ने उनले बताए ।
 

बिहीबार १६ जेठ २०८२ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया