images

नाटक ‘मीरा’ आजबाट प्रदर्शनमा आउँदै

काठमाडौं । कान्तिपुर थिएटरको पहिलो प्रस्तुति नाटक ‘मीरा’ आजबाट प्रदर्शन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमी गैह्रिधारामा साँझ ५ः३० बजेबाट नाटक प्रदर्शन हुनेछ । ‘मीरा’ले समाजमा रहेका विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनाको संघर्षलाई उजागर गर्ने निर्देशक सुन्दर धितालले बताए । नाटकले प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षा देखाउने धितालले बताए ।  ‘मीरा’ दीपक सिंजालीद्वारा लिखित नेपाली उपन्यास हो । यो उपन्यासको मुख्य पात्र ‘मीरा’ नाम गरेकी युवती हुन् । जसको जीवनमा आउने विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनासँगको संघर्षलाई गहिरो रूपमा चित्रण गरिएको छ । ‘मीरा’ प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षासाग जुधिरहेकी पात्रको कथा हो । उपन्यासमा सोह्रौँ शताब्दीकी कृष्णभक्तिनि मीराबाईको मिथकलाई सामान्यिकरण गरिएको छ । नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहेकी छिन् । उक्त नाटकको निर्माताका रूपमा रमेश पुरी रहेका छन् भने, परिकल्पना तथा निर्देशक सुन्दर धितालले गरेका हुन् । त्यस्तै, नाटकमा कलाकारका रूपमा विशाल पहारी, विन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती, र सुनिल खड्का रहेका छन् ।   नाटकको सहनिर्देशन अनिरूद्ध आत्रेय र प्रकाश दाहालले गर्नुभएको हो भने, संगीत तथा गायन विश्व काफ्लेको रहेको छ । नृत्य निर्देशन दिव्या सेढाईले गरेको छन् भने, व्यवस्थापकीय भूमिकामा भूमिका खड्का, भेषभुषा डिजाइनमा यमुना गुरुङ्ग, मंच परिकल्पना संगीत सापकोटा, मञ्च निर्माणमा हुम बिसी र प्रकाश परिकल्पनामा आदित्य मिश्रले गरेका छन् । 
 

बिहीबार १६ जेठ २०८२ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया