काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो।