images

नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो

काठमाडौं । आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३।१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।यस दिन साढे १२ बजे सम्म नेप्से परिसुचक ४३।६६ अंकले बढेर ३०१४।९७ मा पुगेको छ । यस अबधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ७२ लाख ९४ हजार ५९९ कित्ता शेयर कारोबार भइसकेको छ । त्यसैगरीमुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।यसअघि गतवर्ष साउनमा तीन हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन । तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको शेयर बजार उत्साहजनक रुपमा अघि बढीरहेको छ । 


 

मङ्गलबार १३ साउन २०८२ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया